शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

आफ्नै घरमा बन्दक बनाईएका थारुलाई मानवसेवा आश्रमले मुक्त गरायो।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८०

आफ्नै घरमा बन्दक बनाईएका थारुलाई मानवसेवा आश्रमले मुक्त गरायो।

नेपालगन्ज । आफ्नै घरमा बन्दक बनाइएका बर्दियाका एक जना युवालाई नेपालगन्ज स्थित मानव सेवा आश्रमले मुक्त गराएको छ ।
बर्दिया गुलरिया–५ बाट ओम प्रकाश थारुको उद्धार गरी मानव सेवा आश्रम ल्याइएको हो । २७ वर्षिय थारु विगत ५–६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रस्त थिए । घरको आर्थिक अभाव र अशिक्षाको कारण केही महिनादेखि उनलाई घरमै फलामे साङ्लो बाँधेर राखिएको थियो ।  

मानव सेवा आश्रम बाँके जिल्ला संयोजक उर्विन सापकोटाले दिनु भएको जानकारी अनुसार स्थानीयहरुले ती युवालाई आफ्नै परिवारका सदस्यले घरमै फलामे साङ्लोले बाँधी बन्दक गराइराखेको भन्ने जानकारी दिएपछि मानव सेवा आश्रमको उद्धार टोली निजको घरमा पुगेको थियो । निज थारुको अवस्था अवलोकन गरी उनलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरि प्रसाद चौधरी र स्थानीयबासीहरुको रोहवरमा थारुलाई मानवसेवा आश्रम, नेपालगन्ज बाँके ल्याइएको छ । उनलाई मनोचिकित्सकको सल्लाह बमोजिम औषधि उपचार शुरु गरिएको आश्रमका संयोजक सापकोटाले बताउनु भयो ।

सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन र उनीहरुको दीगो व्यवस्थापन गर्दै आइरहेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानव सेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति गत वर्ष २०७९ वैशाख १ गतेदेखि नेपालगन्ज उप–महानगरपालिकाको वडा नं. १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ ।

हाल आश्रममा ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरी जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरु आश्रित छन् ।  


 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg