राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ भाद्र, २०८०
नन्दु यादव। नवलपरासी पश्चिम नवलपरासी काे परासीमा रहेकाे परासी क्याम्पसमा जिल्ला प्रहरी कार्यलय नवलपरासीको आयोजनामा मंगलबाार विद्यार्थीहरुलाई आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
क्याम्पस प्रमुख सुमन गोपालले आचार्यको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजि कुमार आचार्यको प्रमुख अतिथ्यता मा भएको कार्यक्रममा प्रहरी प्रमुख आचार्यले नवलपरासीको पछिल्लो समयमा आत्महत्याकाे घटना बढदै गएको कुरा बताउँदै उक्त घटनालाई प्रहरीले निरुत्साहित गर्नको निम्ति समाज र विद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेले विद्यार्थीलाई आत्महत्या भनेको के हो ?आत्महत्या बाट बच्न के कस्तो उपाय अवलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामुहिक रुपमा र सस्थागत रुपमा सावधानी लगायतको विषयमा प्रस्तुतीकरण मार्फत प्रशिक्षण गर्नु भएकाे थियो।
प्रशिक्षण क्रममा नवलपरासी जिल्लामा २०७६/७७मा ५४जना पुरुष र ४० जना महिला गरी ९४ जना २०७७/७८मा ७४ जना पुरुष र ३९ जना महिला गरी ११३जना ०७८/७९मा ७२ जना पुरुष र महिला २९ जना गरी १०१ जना ०७९/८०मा ४९ जना पुरुष र महिला ३७जना गरी ८६जनाले विविध कारण बस आफ्नो हत्या गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो।
साथै यस आर्थिक वर्षमा २०८० साउन महिनामा ५ जना पुरुष र २ जना महिला गरी ७ जनाले आत्महत्या गरेको समेत प्रहरीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। कार्यक्रममा अन्त्यमा क्याम्पस प्रमुख सुमन गाेपाल अाचार्यले सबैले सकारात्मक विचारका साथ अगाडि बढ्नुपर्ने भन्दै यसले पनि आत्महत्याको घटनामा कमी ल्याउने कुरा बताउनुभएको थियो।कार्यक्रम मा दुई सय जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक मदन बस्याल ले सन्चालन गर्नुभएको थियो।नवलपरासी प्रहरी विभिन्न किसिमकाे जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ ।