आईतवार, १० कार्तिक, २०८२

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ चैत्र, २०८१

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई जना घाइते

२४, चैत्र २०८१, अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–३ मा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृत्यु हुनेमा जिप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

advertisement_1680627706.gif