शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अर्न्‍तराष्ट्रिय आत्म-हत्या दिवसको अवसरमा युवा लक्षित जनचेतना कार्यक्रमको आयोजना

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ भाद्र, २०८०

अर्न्‍तराष्ट्रिय आत्म-हत्या दिवसको अवसरमा युवा लक्षित जनचेतना कार्यक्रमको आयोजना

नेपालगन्ज (बाँके),  पवन जायसवाल । एसओएस युवालय नेपालगन्जमा रहेका युवाहरुको क्लबले १० सेप्टेम्बर २०२३ अर्न्‍तराष्ट्रिय आत्म़-हत्या दिवसको अवसरमा युवा लक्षित जनचेतना जगाउने र रोकथाम बारे कार्यक्रम बिद्यालयमा गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ स्थित रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय घरवारीटोलमा एक दिने रोकथामको जागरुकता कार्यक्रम गरी मनाएका छन् ।

सो कार्यक्रममा सो श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय घरवारीटोल स्कूलका कक्षा ७ र ८ गरी करीब ४० जनाको सहभागिता रहेको थियो । साथै एसओएस युवा क्लबका भाई बहिनीहरु त्था सो बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

अर्न्‍तराष्ट्रिय आत्महत्या दिवसको अवसरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष दिपेन्द्र शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममाा एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वास, तथा सो श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय घरवारीटोलका प्रधानाध्यापक बीरेन्द्र यादवको उपस्थिति रहेको थियो । 

सो कार्यक्रमको एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वासले औचित्य बारे बोल्दै आजको युगको मुख्य चुनौतीको रुपमा आत्महत्या रहेको तथा यसको रोकथाम निवारणमा सबैको ध्यान जानु पर्नेमा उल्लेख गर्दै युवाहरुले यस बारेमा विशेष चासो राखी सचेत हुनु पर्ने बताएका थिए । सोही अवसरमा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय घरवारीटोलका प्रधानाध्यापक बीरेन्द्र यादवले एसओएसका युवाहरु आई हाम्रा स्कूलका बिधार्थीहरुलाई अन्र्तराष्ट्रिय आत्महत्या दिवसको अवसरमा  जनचेतना दिएकोमा धन्यवादका साथै अन्य बिधार्थी भाईबहिनी समाजमालाई दिने सकेमा धेरै राम्रो हुने थियो जानकारी दिनु भएको थियो ।

सो कार्यक्रमको रुपरेखा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्ष्मण बहादुर कार्कीले तयार पारी बिधार्थीहरु माँझ प्रस्तुत गरेका थिए । नेपालमा यसबारे भईरहेको अध्ययन, लक्षण, निवारण गर्ने तरीका लगायत यसबाट बच्ने उपायहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । 

सो कार्यक्रमका अध्यक्षता गरेका क्लबका दिपेन्द्र शाहीले हाम्रो यो कार्य अगामाी दिनमा पनि अन्य भाईबहिनीहरु माँझ पनि दिने छु प्रतिवद्धता व्यक्‍त गरेका थिए । यो कार्य सवै युवा लक्षित हो र हामी सवै सामु यस बारेमा जनचेतना जगाउने जानकारी दिनु भएको थियो ।

सो कार्यक्रममा क्बलका उपाध्यक्ष जमुना नेपालीले सहजीकरण गर्नु भएको थियो भने स्वागत मन्तव्य क्लबका सदस्य कृष्ण ओलीले गरेका थिए । सो कार्यक्रममा क्लबका सदस्यहरु निशा आचार्य, तुलसी बसेल, निर्मला शाही, सुभाष बिक,कृष्ण ओली लगायतको सहभागिता रहेको थियो । 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg