शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अवैध माल-सामान प्रहरीकाे नियन्‍त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ आश्विन, २०८०

अवैध माल-सामान प्रहरीकाे नियन्‍त्रणमा

नन्दु यादव,  नवलपरासी । पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले नवलपरासीको सरावल गाउँपालिकामा अवैध रूपमा ल्‍याउदै गरेको सामान नियन्‍त्रणमा लिएको छ।

भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेमा भन्सार छली अबैध रुपमा ल्याउदै गरेको करीब २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला/चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान नियन्‍त्रणमा लिएको जिल्‍ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

उक्‍त कन्टेनरमा करीब मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान सहित सवारी साधन चालक नवलपरासी सरावल गा.पा. ५ धनगढवा बस्ने बिशाल थारु सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रेशम बोहराले जानकारी दिनुभयाे ।

प्रहरी निरीक्षक फलबहादुर तामाङ चोरी डैकती लगायत अपराध नियन्‍त्रण कार्यलाई सक्रियताका साथ अगाडि बढाएका छन । निरीक्षक तामाङले राज्यले दिएकाे जिम्मेवारी पूरा गर्न कुनै पनि कसर बाकि नराख्ने वहाले बताउनु भयाे । आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम राख्‍न सदैव प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे। बरामद सामान, कन्टेनर र चालक समेतलाइ आवश्यक कारवाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg