राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ आश्विन, २०८०
नन्दु यादव, नवलपरासी । नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा १ को बन्धा स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८१ हजार ६२ रुपैयाँ मूल्य बराबरको औषघी प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार mycophenonate, heparin ingection.p, cyclosporinel.p., mycophenolicacid, telmisartan, mycophnonate, erythropoietin injection, darbepoetin alfa injection लगायतका औषधिहरू नियन्त्रण लिएको बताइएको छ।
प्रहरी निरीक्षक फलबहादुर तामाङकाे नेतृृृत्वमा खटिएको प्रहरी टोलीलाई देखेपछि सीमाबाट औषधी ल्याउँदै गरेेेका व्यक्तिहरू फरार भएका थिए।
औषधिहरु प्रहरी टोलीले नियन्त्रणमा लिई महेपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयो ।