शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अवधी सांस्कृतकि प्रतिष्ठान नेपालकोे तेस्रो अधिबेशन नेपालगन्जमा सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ मंसिर, २०८०

अवधी सांस्कृतकि प्रतिष्ठान नेपालकोे  तेस्रो अधिबेशन नेपालगन्जमा सम्पन्न।

नेपालगन्ज।(बाँके) पवन जायसवाल ।
 अवधी सांस्कृतकि प्रतिष्ठान नेपालकोे नेपालगन्जमा तेस्रो अधिबेशनबाट मंसीर २ गते शनिवार रमेशचन्द्र कुमाल अध्यक्षमा चयन हुनुभएको छ ।
तेस्रो अधिबेशनले  रमेशचन्द्र कुमालको अध्यक्षतामा  ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । 
अधिवेशनले अवधी साँस्कृतकि प्रतिष्ठान नेपालमा मधई सिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनू, चन्दा सिंह, अल्पना बैश्य, नीलम शर्मा, सतीश पाठक, युवा गायककार नितेष विश्वकर्मा, सुशीला बैश्य सर्वसम्मतबाट चयन हुनु भएको छ । 


सर्वसम्मतबाट चयन हुनु भएका समितिको बैठकले विभिन्न पदाधिकारीहरुको चयन गर्ने छ प्र्िरतष्ठानका संस्थापक विष्णुलाल कुमालले बताउनुभएकोे छ । उहाँले अवधी भाषा, साहित्य कला, संस्कृतिको क्षेत्रमा विगत एक दशक भन्दा बढी क्रियाशील रुपमा काम गर्दै आएको बताउनुभयो । यस क्षेत्रमा संस्थाले अवधीको क्षेत्रमा काम गर्दै आएको छ । 
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रमेश चन्द्र कुमाल कुमालले संस्थाको गरिमालाई उच्च स्थानमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै अवधी क्षेत्रको विकासका लागी सक्रिय रुपमा रही काम गर्ने बताउनु भयो । 
अवधी सांस्कृतकि प्रतिष्ठान नेपालको उदघाटन समारोहमा वरिष्ठ साहित्यकार पूर्व प्राज्ञ सनत कुमार रेग्मीले अवधी भाषा, साहित्य र कला क्षेत्रको विकासमा संस्थाले गरेको कामको चर्चा गर्दै अझै पनि अवधी क्षेत्रका लोकगीत, कथा कहानीलाई संकलन गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । 


उक्त कार्यक्रममा अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेशकुमार मिश्रले नेपालमा अवधी भाषा र साहित्यको विकासको उपलब्धी र अवधी क्षेत्रको विकासका लागी गर्नुपर्ने कामका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो । 


यसरी सो कार्यक्रममा वरिष्ठ अवधी साहित्यकार रामगोपाल गुप्ता, महेन्द्र पुस्तकालयका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, साहित्यकार मधई सिंह सिख्ख, सब्बीर रहीमानी लगायतले आ–आफनो विचार राख्नुभएको थियो । 
सो अवसरमा साहत्यिकारहरु मधई सिंह सिख्ख, सब्बीर रहीमानी र नितेश विश्वकर्मा विभिन्न रचनाहरु प्रस्तुत गर्नुभएको प्रतिष्ठानका वीरेन्द्र यादवले जानकारी गराउनुभएको छ । 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg