शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

बाँकेको बाल सुधार गृहबाट १५ फरार ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० पुष, २०८०

बाँकेको बाल सुधार गृहबाट १५ फरार ।

नेपालगन्ज । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधार गृहमा बालबन्दीहरु वीच फेरि विवाद भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दा माथिका बालबन्दी वीच शुक्ररवारदेखि विवाद शुरु भएको हो । तर अहिले अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम रानाले बताउनु भयो । 


बालसुधार गृहका प्रमुख रानाले भन्नुभयो– “डुडुवास्थित जयेन्दु बालसुधार गृहमा वि.सं. २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् । तिनै दुई समूहका बालबन्दी वीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।” 


डुडुवा गाउँपालिका–६ असमानपुर स्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीहरु वीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि उनीहरुलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरुले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न शुरु गरेको रानाको भनाई छ । 


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौबस्ता कारागारको बालसुधार गृहमा कुनै प्रकारको घटना नघटोस् भन्दै सुरक्षा समेत बढाइएको बताउनु भयो । “अहिले अवस्था सामान्य छ । तर कुनै प्रकारको घटना नघटोस् भनेर सुरक्षा व्यवस्थालाई हामीले थप बलियो बनाएका छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो– “एक समूहले विहानदेखि खाना खाएका थिएनन् । उनीहरुलाई खाना खुवाउने सहमतिमा सुरक्षाकर्मीभित्र पसेका छन् । सोही क्रममा बालबन्दीको अवस्था बुझ्नेक्रम जारी छ ।”


नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्यहाँका चार वटा ब्लक मध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् । उक्त गृहमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg