राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय २५ जनाले रक्तदान गरेका छन् । रक्तदान महादान अभियान भन्ने उद्देश्यबाट गाउँपालिकाले जेष्ठ १७ गते आयोजना गरेको वृहद् रक्तदान कार्यक्रम गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय महिला पुरुष गरी १ सय २५ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा डुडुवा गाउँपालिका उपाध्यक्ष साईदा बानौंले रगत संकलन गर्ने पाकेट रक्तसञ्चार केन्द्र (ब्लड बैंक) कोहलपुरका प्रमुख राजेन्द्र महतरालाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै डुडुवा गाउँपलिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई यो मानवीय अभियान शुरु गरेको बताउनु भयो ।
अध्यक्ष नरेन्द्र कुमार चौधरीले “रगतको व्यवस्था गर्नका लागि आफ्नो गाउँपालिकाका सर्वसाधारणबाट दैनिकजसोे फोन आउँछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन गर्न कठिनाई भएपछि यो अभियान शुरु गरेको र यो कार्यक्रमलाई आफ्नो दास्रो कार्यकालमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुु भयो ।”
यसअघि अध्यक्ष चौधरीको कार्यकालमा गाउँपालिकाबाट दुई पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा खडकनाथ सापकोटा, विनोद कुमार थापा, पवन कैराती, राम कुमारी, सोहन चलाउने, सारुक सल्मानी, सुहेल सल्मानी, सुलोचना केसी, कृपालदेव गिरी, भिम बहादुर सार्की, प्रधमान कुमार, शिवकुमार बनिया, अरबिन्द कुमार, बलराम यादव, महेश वर्मा, पुष्पा ओली, बालकुमारी थापामगर, जोगेन्द्रपाल मार्या, शिव कुमार जायसवाल, पदम बहादुर बुढाथोकी, अजिीत गोडिया, सुभाष कुमार सोनकर, सर्वजीत यादव, सर्फुद्दीन खान, समसुद्दीन सल्मानी, सुनिल कुमार वर्मा, मेहताब आलम खान, सञ्जय कुमार, नरेश थारु, जीवन, रबिन्द्र सिंह चौधरी, सुरेन्द्र वर्मा, राजा खान, जोगेन्द्र शाही, प्रदीप यादव, सगीर खान, पृथराज मगर, जगदीश प्रसाद मौर्या, बीरेन्द्र मौर्या, सर्वेश कुमार थारु, रामबहोरी बनिया, रामहिरावन यादव, महेश वर्मा, शोभाराम महाउत, जयदेव महाउत, भल्लव महाउत, दिनेश वर्मा, प्रदेशी महाउत, उमेश मंगता, प्रमोद, सतीराम यादव, दिनेश कुमार वर्मा, सत्यम वर्मा, लौकुश शर्मा, बीरबहादुर थारु, जीतेन्द्र प्रसाद वर्मा, मनोज कुमार कुर्मी, राजेन्द्र वर्मा, सर्वेश कुमार यादव, दीपु सिंह, दिपेन्द्र सिंह पटेल, सीता घर्ती, छोटेलाल वर्मा, राम सनेही यादव, जयदेव, लच्छीराम कोरी, चेतराम लोनिया, राम मनोहर लोनिया, जयपाल प्रसाद धोबी, जवाहर लाल हरिजन, अर्जुन सिंह चौहान, जगदीश प्रसाद काँदू, उमा शंकर सिंह, प्रदीप, नवआलम खान, राधेश्याम कहार, रोशन वर्मा, समर बिक, दिल बहादुर बुढाथोकी, हरि चन्द, भूपाल गिरी, दिपेश कुमार थापा, निर्मला चन्द, कौशल कुमार कैराती, तेज बहादुर हमाल, सर्वेन्द्र वर्मा, बेल बहादुर बोहरा, बिनोद रैदास, दिलिप सोनखर, खेमनाथ अधिकारी, भक्तबहादुर थापा, बिवेक तिवारी, शिव कुमार, सावितराम, अयोध्या प्रसाद गोडिया, मोनो रोका, नर्वल, गणेश, अर्जुन मजकोटी, बिद्याराम यादव, राकेश कुमार वर्मा, रामसमुझ पासी, सावितराम सोनकर, मनोज चौधरी, दिनेश कुमार कुर्मी, बिजय कुमार यादव, बरकतअली साई, हरि बहादुर बिसी, अमर गुरुङ्ग, भिम बहादुर गुरुङ्ग, बसन्त बोहरा, बिनोद चलाउने, बाल कृष्ण राना, मनबीर, पे्रम कुमार परियार, शिवराज वर्मा, देवराज गिरी, सुषपाल मौर्या, फुलेराम वर्मा, दिनेश बहादुर शाही, राम प्रताप मिश्र लगायत १ सय २५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताउनुभएको छ । उहाँका अनुसार डुडुवा गाउँपालिकाद्वारा आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, महिला, शिक्षक, विद्यार्थी, स्थानीय लगायतले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)कोहलपुरका प्रमुख राजेन्द्र महतरा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, प्रशान्त कुमार तिवारी, केशर सिंह डाँगी प्राविधिकमा र गाउँपलिकाका स्वास्थ्यकर्मी लगायतले पनि सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकारद्वय माधवराम वर्मा, पवन जायसवाल, सचिव भिष्म लोध, कोषाध्यक्ष मनमोहन वर्मा लगायतले सो रक्तदान कार्यक्रममा सहयोग गर्नुभएको थियो ।
डुडुवा गाउँपालिका भित्र गरीब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम मार्फत रगत संकलन गर्ने जनाएको छ । गाउँपलिकाको नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा रक्तदाताहरुलाई टिसर्ट वितरण गरिएको थियो ।