राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ पुष, २०८०
नेपालगन्ज ÷(बाँके) पवन जायसवाल ।बाँकेको जानकी गाउँपालिकामा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र नेपालगन्जको आयोजनामा तथा एक्शनएडको सहयोगमा पिडित महिलाहरुको एकद्वार प्रणालीको ब्यवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम जानकी गांउपालिकामा सम्पन्न भएको छ कार्यक्रममा जानकी गांउपालिका उप–प्रमुख रामप्यारी यादव प्रमुख अतिथि, प्रमुख प्रसाशकिय अधिकृत दिल बहादुर पौडेल, मोहम्मद शेर बागवान आतिथि रहेका थिए, कार्यक्रमका प्रशिक्षक नेपालगंज उप–महानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मन्जु पाण्डे रहेका थिए
कार्यक्रममा हिंसामा परेका महिलाहरुको मर्यादित जीवन कसरी बिताउने, बिभेदका बिरुद्ध महिला र पुरुषा दुबैको भुमिका, प्रथा जन्य सवालहरु र समाजमा तिनका असर र कारणहरु, लैंगिक हिंसा र लैंगिक हिंसा निवारण कोषका बारेमा छलफल तथा सहजीकरण, सेवा प्रवाह तथा संप्रेषण प्रणाली (च्भाभचचब िःभअजबलष्कm ), सिफारिस प्रणालीको प्रकृया ढांचा र एकद्वार संकट ब्यबस्थापन केन्द्र (इऋःऋ) का बारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल मुस्लिम समाज बिकास चेतना केन्दकी अध्यक्ष रुबि खांनले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका जानकी गांउपालिकामा रहेका रिफलेक्ट समुह तथा महिला अधिकार मन्चका सदस्यहरुको सहभागिता रहेको थियो ।
जिल्ला महिला अधिकार मन्चकी अध्यक्ष सकिना तेलीद्वारा सञ्चालित कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत दिल बहादुर पौडेलले नेपाल मुसिलम समाजले गरेको सराहनिय रहेको र जानकी गांउपालिका सदैब साथ रहने प्रतिबद्ता ब्यक्त गर्नु भएको छ ।