राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २१ भाद्र, २०८१
नेपालगञ्ज÷(बाँके) पवन जायसवाल
बाँकेको नेपालगञ्जमा एसओएस युवालयको आयोजनामा बाँके जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको संयुक्त बैठकले “बाल संरक्षण नक्साङ्कन निर्माण” गरेको छ ।
बालबालिकाको क्षेत्रमा लामो समय देखि बाँके जिल्लामा कार्य गरी रहेका १५ भन्दा बढी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितमा भएको “बाल संरक्षण नक्साङ्कन निर्माण” गर्ने बैठक एसओएस युवालय नेपागञ्जका निर्देशक तुलाराम बिश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालगञ्जको सुर्खेतरोड स्थित सिद्धार्थ कटेजमा आयोजित बैठकमा बाल संरक्षणको महत्व र “बाल संरक्षण नक्साङ्कनको विषयमा एसओएस युवालय नेपागञ्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागी भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले आ–आफना संघ संस्थाहरुले गरेका कार्यको प्रस्तुती गरेका थिए । विशेष कारणले संरक्षण गुमाएका वा गुाउने अवस्थामा रहेका बाललबिालकाहरुलाई एकद्वार प्रणालीमा ल्याई आ– आफनो संघ संस्थाहरुले दिने सेवा एकिकृत ढंगले दिने वाताबरण बनाई दिन नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखालाई अनुरोध गर्ने सहमति गरेको छ । यस्तो “बाल संरक्षण नक्साङ्कन निर्माण” मा उल्लेख भए बामेजिम कुन संस्थाले के कस्तो सेवा दिन्छ सो को सजिलोसंग जानकारी पाउने भएकोले यसको अत्यन्त आवश्यक रहेका अधिवक्त बसन्त गौतमले भन्नु भएको थियो । यसैगरी जबरजस्ती करणी जस्ता परिस्थितबाट जन्मेका बालबालिको जन्मदर्ता देखि नागरिकताको ग्यारेन्टी हुनु पर्ने भेरी अस्पतालका ओसीएमसी शाखाका प्रमुख अरबिन्द शाक्यले जोड दिनुभएको थियो । यसरी बालबालिका जन्मजात अधिकारहरु हनन् हुनबाट रोक्न नेतृत्व लिएर अगाडी जान मानव अधिकार कार्यालयका अधिकृत सुप्रिया गुप्ताले बिचार व्यक्त गरिन । यसै गरी कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षक संघका उपाध्यक्ष तथा राष्ट्रिय आधारभूत बिद्यलायका प्रधानाध्यापक बीरेन्द्र यादवले शहरमा अर्काको घरमा काम गर्न राखेका बालबलिकाहरु बढी शोषणमा परेका र यिनीहरुको संरक्षणको लागी पनि अभिभावकहरुलाई पनि बाल संरक्षणको अभिमुखीकरण आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । यसै गरी बालबलिकाहरु बाल बिज्याँई गरेर बाल सुधार गृहमा आउने र त्यहाँ क्षमता भन्दा बढी बालबालिका राखेर हेरचाह र सुधार गर्नु पर्ने भएकोले कानूनी परिणाम सम्बन्धि सचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको थियो । सामाजिक विकास मञ्च बाँकेका प्रोजेक्ट अफिसर बृजेश ठाकुर, बाँके यूनेस्को क्लबका शंकर सिंह थारु, पश्चिम तारा नेपालका सुरज बहादुर गुरुङ्ग, नेत्रहिन संघ बाँकेका भोला नाथ त्रिपाठी, फतिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, टिपिओ नेपाल बाँके शाखाका कर्णराज रिमाल र रुपा चौधरी, एसओएस युवालय नेपागञ्जका सह–निर्देशक मीना तुलाधर लगायतले बाल संरक्षणको लागी आ–आफनो धारणा र सुझाव राख्नुभएको छ । बैठकको समापन गर्दे एसओएस युवालय नेपागञ्जका निर्देशक तुलाराम बिश्वासले बाँके जिल्लामा बाल संरक्षणको लागी सरकारी निकायसंग सहकार्य गरी आवश्यकता को आधारमा बाल अधिकारको अभिमुखीकरण, संरक्षण र विकासमा एकद्धार प्रणालीबाट अगाडी बढनु पर्नेमा जोड दिनु भएको थियो ।