आईतवार, १० कार्तिक, २०८२

बाँकेका प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक तथा समन्वय बैठक ।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ मंसिर, २०८०

बाँकेका प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक तथा समन्वय बैठक ।

नेपालगंज ।(बाँके) पवन जायसवाल, मंसीर १४ गते ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुखहरुसंग परिचयात्मक र समन्वय बैठक मंसीर १४ गते विहीवार नेपालगञ्जमा सम्पन्न भएको छ । 
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा बाढी, आगलागी, शीतलहर, लू (तातो हावा) र सड्क दुर्घटना प्रमुख प्रकोपको रुपमा रहेको बताउँदै उक्त विपद्बाट प्रभावित समुदायमा नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीले मिलेर तत्काल सहयोग गर्दै आएको कुरा उल्लेख गर्नु भयो । 


प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हरेक वर्ष विपद् प्रतिकार्य योजना निर्माण गर्ने गरिएको तर प्रभावकारी कार्यान्यवनमा चुनौति देखिएको निराशा व्यक्त गर्नुभयो । विपद् प्रतिकार्यका लागि मौजुदा सामग्रीहरु तयारी र चुस्त दुरुस्त अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गर्नु भयो । 


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हालै भूकम्पबाट जाजरकोटा र रुकुम जिल्लाका प्रभावित समुदायलाई रेडक्रसले तत्काल सहयोग गरेको चर्चा गर्दै विपद् प्रतिकार्यका लागि बाँके शाखा सधंै नेपाल सरकारलाई सहयोग गर्दै आएको जानकारी गराउनु भएको थियो । 


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगंज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, बज्रदल गणका प्रमुख सेनानी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा, उपअनुसन्धान निर्देशक मोहन कुवँर लगायत नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला कार्यसमिति र नेपालगञ्ज उप–महानगरपालिका भित्रका उप–शाखाका सभापतिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा रेडक्रस बाँकेद्वारा संचालित गतिविधिहरुको प्रस्तुति शाखाका उप–निर्देशक दोलख बहादुर डाँगीले गर्नु भएको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक तथा समन्वय बैठक ।

advertisement_1676551694.gif