मंगलवार, २ बैशाख, २०८२ 10:31:51 PM

बाँकेमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०

बाँकेमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन

सरला सुवेदी:बाँके । राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न र भारतको ससद् भवनमा नेपालको भुभाग समेटिएको नक्सा विरुद्ध अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा बृहद् विरोध प्रदर्शन गरिएको छ । निवर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित भएपछि नेपालको संविधान अनुसार म्याद गुजारेर थन्क्यिाइएको नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्मा पठाएपछि देशभर विरोध प्रदर्शन गर्न थालिएको छ ।  


प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भारतको औपचारिक भैमणमा नयाँदिल्ली उड्नुभन्दा ठीक दुई घण्टा अघि राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणित गरेर पठाएका हुन् ।
बुधवार नेपालगन्जको बिपि चोकबाट शुरु भएको विरोध र्याली बजार परिक्रमा गरि पुनः बिपि चोकमा आएर कोणसभामा परिणत भएको थियो । 
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव खेमराज शर्माले जबजब यो देशमा संकट पैदा हुन्छ तबतब नेकपा एमाले र एमालेमा आवद्ध युवा संघ र अन्य भातृ संगठनहरु विरोध गर्न मैदानमा उत्रिने गरेको स्मरण गराए । भारतको स्वार्थको लागि पाँच दलिय गठबन्धन सरकारले देशलाई बिस्तारै बिस्तारै बेच्न खोजेको आरोप लगाउँदै यो साँकेतिक आन्दोलन गरिएको र राष्ट्रघाती नागरिकता विधेयक खारेज नगरेसम्म गर्न दवाब स्वरुप आन्दोलनलाई निरन्तरता दिने बताए ।


उनले सडकबाट आन्दोलन गरेर सरकारलाई पछारेर यो नागरिकता विधेयक निर्णय फिर्ता लिन वाध्य बनाउन  राष्ट्रिय युवा संघको केन्द्रिय कमिटिको सर्कुलर अनुसार विरोध आन्दोलनका कार्यक्रम तय गरिने बताउँदै नेकपा एमालेका नेता कार्यकर्ता र अन्य भातृ सङ्गठन, अनि देशप्रेमी आम नागरिकलाई यो विरोध आन्दोलनमा सारिक हुन अनुरोध समेत गरेका छन् । 
यस्तै अनेरास्ववियु बाँके जिल्ला संयोजक प्रकाश विश्वकर्माले प्रचण्ड सरकारले गरेको देशद्रोही निर्णयप्रति सम्पूर्ण विद्यार्थीहरु खरो रुपमा आन्दोलनमा उत्रिने बताउँदै राष्ट्रघाती निर्णय खारेज गर्न चेतावनी दिएका छन् । यस्तै संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका नेता दत्त प्रसाद आचार्य, युवा संघ केन्द्रिय सदस्य दिपेन्द्र लामा कालु, जिल्ला सचिव रमेश मिजार, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरे लगायतका युवा विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।

 

बाँकेमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif