राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२
२०८२ चैैैत्र ६, पाल्पा । बैंक प्रमुखमाथि हातपात गरेको आरोपमा तानसेनकी एक महिला पक्राउ परेकी छन । हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धक माथि हातपात गरेको अभियोगमा एक महिलालाई शुक्रवार दिउसो पाल्पा प्रहरीले पक्राउ गरेको हो ।
रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टोर्स पाल्पा तानसेनकी प्रोप्राराईटर मन्जु रेग्मीले, ऋण नपाएको झोकमा बैंकका हाकिम माथि गत माघ २५ गते दिउसो करिव ३ बजेको समयमा हातपात गरेको आरोप छ ।
रेग्मीले हातपात गरे पछि हिमालयन बैकको तर्फबाट हातपात र अभद्रव्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पा समक्ष बैंकका म्यानेजर प्रकाश सुवेदीले लिखित जाहेरी दिएका थिए । जाहेरी पछि, रेग्मीलाई प्रहरीले निगरानी राखेको थियो ।
प्रहरीले नियन्त्रण लिए पछि, आरोपि मन्जु रेग्मीले भने, आफुले गल्ती नगरको जिकिर गरेकी छन् ।