राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ जेष्ठ, २०८२
१२ जेठ २०८२, पाल्पा । बाँसटारी-दमकडा-सराइ- झडेवा सडकखण्डकाे सालघारी क्षेत्रकाे सडक कालाेपत्र भएकाे छ । लुम्विनी प्रदेश सरकारले चालू आव २०८१/०८२ मा (बाँसटारी-खहरे-देवगीर) याेजनामा ४० लाख बजेट विनियाेजन गरेकाे थियाे । तत्कालिन जिविसले ओटासिल गरेकाे सडक मर्मतसुधार नहुँदा केही वर्षदेखि साे क्षेत्रकाे सडक जीर्ण बनेकाे थियाे ।याे सडक भएर यात्रा गर्ने यात्रुकाे गुनासाेपछि यस क्षेत्रमा काम भएकाे हाे । सडक पूर्वाधार कार्यालय पाल्पाले दुई सय मिटर सडक कालाेपत्रे काम गर्न सकिएकाे जनाएकाे छ ।
याे सडक निर्माण गर्नका लागि सडक बन्द गर्ने भनिएपनि उपयुक्त विकल्प अपनाएर कालाेपत्रे गर्न सुझाव दिएअनुसार काम भएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । एकातर्फी सडक संचालन गरेर पनि कालाेपत्रेकाे काम भएकाे बताए ।
सडक कालाेपत्रे भएपछि याे सडक भएर तानसेन, बुटवल, माडी, माथागढीलगायतका क्षेत्रमा यात्रा गर्ने यात्रुलाई सहज हुने तानसेन-९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताए ।