आईतवार, १० कार्तिक, २०८२

बुटवल मिलनचोकको डेल्टा मार्टमा आगलागी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ असार, २०८१

बुटवल मिलनचोकको डेल्टा मार्टमा आगलागी

बुटवल, असार ५ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेशनरीका सामनहरु जलेर नष्ट भएका छन् ।

स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । अहिले सम्‍म आगो नियन्त्रणमा आएको छैन ।

बुटवल उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

advertisement_1676553908.gif