शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ जेष्ठ, २०८०

बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा

रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगर र पाल्पाको तिनाउ गाउँपालिका —३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम सकिएपछि  सञ्चालनमा आएको हो ।

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको केबलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिए पनि कोराेना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।

सोमबार केबलकारको बटम स्टेशनमा पण्डितहरुबाट धार्मिक विधिअनुसार पूजा आराधना गरेपछि केबलकार सञ्चालन सुरु भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलव ६ किलोमिटरको दुरी रहेको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमापुग्न सकिन्छ ।

एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकारका अध्यक्ष ढकालले बताए ।

केबलकारको टप स्टेशन बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । कामाख्यादेवी मन्दिर र बसन्तपुरको चिसो हावापानीले विशेष गरी भारतीय पर्यटक र हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने अध्यक्ष ढकालले बताए ।

टप स्टेशनमा पाँचतारे होटल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg