शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

भुजहवा नाकाबाट कपडा तस्करी १२ लाख ७० हजार बराबरकाे कपडा प्रहरीकाे नियन्त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ आश्विन, २०८०

भुजहवा नाकाबाट कपडा तस्करी १२ लाख ७० हजार बराबरकाे कपडा प्रहरीकाे नियन्त्रणमा

नन्दु यादव नवलपरासी । भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढ्दै गए पनि भारतबाट हुने तस्करी रोकिएको छैन अहिले भारतिय कपडा भुजहवाबाट धमाधम तस्करी भईरहेकाे छ । 

नवलपरासीमा भारतसँग सीमा जोडिएका क्षेत्रमा भुजहवामा नेपाल प्रहरीका चौकि पनि छ। तर, पनि भारतबाट हुने तस्करी भने रोकिएको छैन । नेपाल प्रहरीले बेलाबखत नाकामा कडाइ जस्ताे नाटकिय रुप देखायपनि  सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन ।

चाडपर्वलाई लक्षित गर्दै भुजहवा नाकाबाटबाट  कपडा तस्करी बढेकाे भएकाे पाईएकाे छ ।  सरावल गाउँपालिका वडा नं. ७ बुडनतवापुरबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी थानकपडा, जयपरुी साडी, जयपरुी सटु,रेडिमेट बलाउज,कुर्ता,रेडिमेट टप्स लगायतका अन्दाजी१२ लाख ७० हजार ४ सय  बिभिन्न प्रकारका  कपडाहरु पैदल मार्गबाट टाउकोमा बोकी ल्याउदै गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय महशेपुरबाट प्रहरी निरिक्षक फलबहादुर तामाङको कमाण्डमा खटिएकाे प्रहरी टोलीलाई देखेर कपडाहरु धानमा फाली मानिसहरु भागेपछि कपडा नियन्त्रण मा लिई  आवश्यक कारवाहीको लागि महशपुर भन्सार कार्यालय पठाउने तयारी भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी रेशम बाेहाेरालेे जानकारी दिनु भयाे।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg