राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ फाल्गुन, २०८०
नेपालगन्ज(बाँके) पवन जायसवाल ।
भेरी साहित्य समाज केन्द्रीय समितिको सातौ अधिवेशनले पत्रकार सहित ५ जना श्रष्टालाई नेपालगञ्जमा सम्मान गरेको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिका महासचिव तथा विश्व नेपाली साहित्य महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेल र केन्द्रीय सदस्य मीना बरालद्वारा सञ्चालित भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
अधिवेशनमा साहित्यिक क्षेत्रमा योगदान पु¥याउनु भएका भेरी साहित्य समाजका संस्थापक केन्द्रीय सदस्य तथा दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे “विकल्प”, दाङका वरिष्ठ साहित्यकार तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासी, भेरी साहित्य समाज बर्दिया जिल्लाका सल्लाका। अयोध्या प्रसाद श्रीवास्तव, बाँकेका साहित्यकार इन्द्र बहादुर बस्नेत र भेरी साहित्य समाज सुर्खेतका अध्यक्ष थानेश्वर लामिछानेलाई सम्मान गरिएको थियो ।
भेरी साहित्य समाज केन्दीय समितिले प्रकाशन गरेका विभिन्न चार कृति माघ २७ गते शनिवार विमोचन गरिएको थियो छन् । साहित्यकार तथा समालोचक इश्वरी प्रसाद रिजालको लिखित बाँके शताब्दी साहित्य साहित्येतिहास ग्रन्थ, बोधराज प्याकुरेलको शङ्का लघुकथा सङ्ग्रह, वयोवृद्ध श्रष्टा भूपेन्द्र प्रकाश शर्माको हर्कत कविता संङ्ग्रह विमोचन गरिएको थियो । भेरी साहित्य समाज केन्दीय समितिको साहित्यिक मुखपत्र दौँतरीको २७ औँ प्रमुख अतिथि, बिशिवट अतिथि र अतिथिले अङ्क लोकार्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि सनत कुमार रेग्मीले अव नेपालगञ्जमा नयाँ किसिमको एउटा बृहत साहित्य महोत्सव गरौं, देश बिदेशका साहित्यकारहरुलाई बोलाएर महोत्सव गर्नका लागी सुझाव दिनुभएको थियो । यसरी सो कार्यक्रममा विशिष्ठ अतिथि लुम्बिनी विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रासद घिमिरे, बाँके साहित्यिक संस्थाको तर्फबाट प्रा.डा.जनार्दन आचार्य, सम्मानित व्यक्तित्वहरुको तर्फबाट साहित्यकार झलक गैरे, भेरी साहित्य समाज केन्दीय समितिका सल्लाहकार नरेन्द्र जंग पिटर, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
सो अवसरमा नारायण प्रसाद भट्टराई, गुरु प्रसाद खनाल, बीर बहादुर थापा, भूपेन्द्र सुवेदी, ई. मुकुन्द प्रसाद ढकाललाई आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा भेरी साहित्य समाज केन्दीय समितिका महासचिव लेक प्रसाद प्याकुरेलले सांगठिनक प्रतिवेदन, कोषाध्यक्ष फनीन्द्र आचार्यद्वारा तयार गरिएको आर्थिक प्रतिवेदन पुस्कर रिजालले प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रममा भेरी साहित्य समाज बाँके जिल्लाका अध्यक्ष रामप्रसाद देवकोटा, बर्दियाका सचिव प्रभात सुवेदी, सुर्खेतका अध्यक्ष थानेश्वर लामिछाने, कैलालीका अध्यक्ष डाक्टर चक्र प्रसाद अधिकारीले शाखाका प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्द्रय उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य, सुन्दर गुरुङ्गको संयोजनमा करुण शाहीले नृत्य प्रस्तुत गरेकी थिइन ।
उक्त अधिवेसनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गरेको थियो, प्रगतिशील साहित्यकार इन्द्र बहादुर बस्नेतको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरिएको छ ।
अधिवेसनले पश्चिम नेपालको प्रतिनिधिमुलक रुपमा रहेको साहित्यिक संस्था भेरी साहित्य समाज केन्द्रय समितिको अधिवेशनले इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द, महा सचिवमा गीता अर्याल, सचिवमा प्रभात सुबेदी र कोषाध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् । यसरी केन्द्रीय समितिको सदस्यहरुमा सुन्दर गुरुङ, मीना बराल, चन्द्रावती अधिकारी, कोकीला कुमारी सिंह, भरत बहादुर रानाभाट, बालकृष्ण शर्मा रेग्मी, राजकुमार चौधरी, रामचन्द्र आचार्य, बोधराज प्याकुरेल, हेमन्तराज माण्डब्य, अवधी भाषीबाट पवन जायसवाल सहितका कार्यसमिति सदस्य निर्वाचित भएको र निर्वाचन समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक पूर्णलाल चूकेले शपथ ग्रहण गराएका थिए ।
भेरी साहित्य समाजमा पश्चिम क्षेत्रका बाँके शाखा अन्र्तगत १३५ जना, बर्दिया शाखाबाट २२ जना, सुर्खेत जिल्लाबाट ४९ जना, दैलेख जिल्लाबाट १६ जना, जाजरकोट जिल्लाबाट ९ जना, कैलाली जिल्लाबाट १४ जना गरी २ सय ४५ जना आजीवन सदस्य रहेका छन् भने ६ वटा जिल्लामा सङ्गठन बिस्तार भई नेपाली तथा नेपाल का अन्य भाषा साहित्य कला, संकृति एवं वाङ्मयको बिकासमा सक्रिय रहेका छन् ।
भेरी साहित्य समाजका डा. नारायण गैरे पछि १४ वर्षअघि भेरी साहित्य समाजको नेतृत्व अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले निरन्तर चार कार्यकाल नेतृत्व सम्हाल्दै आएका थिए माघ २७ गते शनिवार नव निर्वाचित अध्यक्ष इन्द्र बहादुर बस्नेतलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
निर्वाचन समितिको संयोजकमा पूर्णलाल चुके, सदस्यमा महानन्द ढकाल र मणिदेव अर्याल रहेका थिए ।
यसरी सो कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, शिक्षाविद् किरण आचार्य, पुष्पा सुवेदी, सल्लाहकार अव्दुल लतीफ शौक, बिष्णुलाल कुम्हार, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, नवराज भट्ट, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव, लक्ष्मी बस्याल, सर्वदा साहित्य सङगम के अध्यक्ष खगेन्द्रगिरि कोपिला, साहित्यकार तथा अधिवक्ता भीम बहादुर शाही, इन्द्र बहादुर बस्नेत, पुष्पमणि प्रधान, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा बि. विकास स्मृति साहित्य पुरस्कार गुठी अध्यक्ष पंकज कुमार श्रेष्ठ, गुल्जारे अदबका सचिव मो. मुस्तफा अहसन करैशी, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५का मधुसुद शर्मा, शोभना मिश्रा, जागेश्वर नेपाल, बिष्णु केसी, हरि सुवेदी, सुनगाभा पोखरेल, पुष्पा सुवेदी, कमला आचार्य, उषा सेवेदी, लक्ष्मी राना क्षेत्री, उषा रिजाल, सीता सुवेदी, कविराज रेग्मी, बाल कृष्ण शर्मा, वरिष्ठ साहित्यकार गणेश बहादुर जिसी, अधिवक्ता तथा साहित्यकार भीम बहादुर शाही, बिक्रम शिशिर, आर के देवकोटा, भरत बहादुर रानाभाट, प्रकाश गिरी, उतानन्द उपाध्याय, अर्जुन ओली, पवन जायसवाल, राम चन्द्र आचार्य, मणि अर्याल, महेन्द्र बिसी, पूर्ण प्रसाद भण्डारी, महेन्द्र पुस्तकालयका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, खगेन्द्र प्रसाद भण्डारी, राम प्रसाद लामिछाने, खडग बहादुर बोहरा, बिष्णु प्रसाद मरासिनी, पुष्पमणि प्रधान, प्रियन्का बैश्य, शरण कर्माचार्य, यशोदा शाही, जानकी खत्री, महेन्द्र चन्द महासागर, पुष्पा साउद, हिमाल गैरै, श्रीभद्र सेवेदी, महेश अधिकारी, होम्रो पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, फूलमती खराल, युवराज शर्मा, यामलाल गौतम, शिव प्रसाद गौतम, खुम बहादुर खडका, हरिमाया कोइराला, फनीन्द्र आचार्य, स्पर्श अधिकारी, इन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।