शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

भेरी सहकारी बित्तिय संस्थाको २८औ साधारणसभा सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ माघ, २०८०

भेरी सहकारी बित्तिय संस्थाको २८औ साधारणसभा सम्पन्न।

नेपालगन्ज(बाँके) पवन जायसवाल ।
नेपालगन्जमा रहेको भेरी सहकारी बित्तीय संस्था लिमिटेडको २८ औ बार्षिक साधारण सभा भेरी प्राबिधिक शिक्षालयमा सम्पन्न भएको छ ।

भेरी सहकारी बित्तीय संस्था लिमिटेड संस्थाका अध्यक्ष पदम बहादुरको अध्यक्षतामा साधरणसभाको उदघाटन सत्रका प्रमुख अतिथि जिल्ला सहकारी संघका सदस्य जमान सिंह वलीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । प्रमुख अतिथि जमान सिंह वलीले बाँकेमा सबै भन्दा पुरानो सहकारी भेरी सहकारी वित्तीय संस्था लिमिटेडले उत्कृष्ठ काम गर्दै आएकोले अझ राम्रो नेतृत्वदायी भूमिका खेल्दै आएको छ यसलाई लुम्बिनी प्रदेश कै उकृष्ट सहकारी बनाउने तर्फ लाग्नु पर्ने बताउनुभएको थियो । 
यसैगरी अतिथिमा भेरी सहकारी संस्थाका संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाई, राष्ट्रिय सहकारी बैंक लि. शाखा प्रमुख प्रकाश थपलिया, जिल्ला बचत तथा ऋृण संघ बाँकेका उषा भण्डारिले भेरी सहकारी संस्था लि देशको यस्तो आर्थिक मन्दी र सिमित सहकारीको बदमासीले गर्दा सहकारी प्रति जनमानसमा परेको नकारात्मक साेंचको प्रवाह नगरी सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै आफ्नै गतिमा अघि बढी रहेको छ र आफ्ना शेयर सदस्य माँझ निरन्तर रुपले राम्रो सेवा प्रवाह गर्दै आएकोले पनि यसको साख अझै बढ्दै गएकोमा खुशी ब्यक्त गर्दै बाँके जिल्लामा उत्कृष्ट सहकारीको रुपमा अझै प्रगति गर्दै जाओस भन्ने शुभकामना ब्यक्त गरेका थिए । 
 संस्थाको तर्फबाट सभाध्यक्ष पदम बहादुर भन्डारीले आ.ब.२०७९÷०८० को प्रतिबेदन पेश गर्दै संस्थाको नाफा १ करोड ५५ लाख, शेयर पुँजी १ करोड ७२ लाख, कर्जा कारोबार २९ करोड र निक्षेप १४ करोड ९७ लाख भएको जानकारी गराएका थिए ।
उक्त अवसरमा आ.ब.२०७९÷०८० मा निक्षेप र कर्जा कारोबार तर्फ उत्कृष्ट कारोबार गरे बापत माया लोनिया र उषा तारामी ( गुरुङ ) लाई नगद राशी सहित दोसल्ला र प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो भने संस्थाको स्थापना काल देखि विभिन्न समयमा संस्थाको सञ्चालकको विभिन्न पदमा र विभिन्न उप–समितिमा समेत रही सेवा गर्नु भएकोले सो को उच्च  मुल्यांकन गर्दै पूर्ब संचालक सदस्य शिव प्रसाद जोशीलाई माला, दोसल्ला र प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो ।

साधरणसभाको बन्द सत्रमा संचालक समितिले पेश गरेको विभिन्न प्रस्तावहरुमा बृहत् छ्लफल गरी पारित गरिएको थियो साथै आगामी ४ बर्षका लागि नयाँ नेतृत्वको निर्वाचान माघ २० गते हुने जानकारी निर्वाचन अधिकृत झबिन्द्र पौडेलले गराएका छन् । संचालक सदस्य हिम बहादुर नेपालीद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष बिन्दा खरेलले स्वागत मन्तब्य व्यक्त गर्नु शोभा गुरुङ्गले जानकारी गारउनुभयो ।
 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg