आईतवार, १० कार्तिक, २०८२

भारतको जम्मू–कश्मीरको पहलगाममा आतङ्कवादीको हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ बैशाख, २०८२

भारतको जम्मू–कश्मीरको पहलगाममा आतङ्कवादीको हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो

११ बैशाख २०८२, बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ । आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको हो ।

परिवारका अनुसार शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो ।

आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका सुदीपको मंगलबार दिउँसो बन्दुकधारीहरूको आक्रमणमा मृत्यु भएको थियो ।

उक्त आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । बुटवल कालिकानगरस्थित मनकामना पथमा शव ल्याइएको र आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल बताइएको छ । सुदीपको शव ल्याउनका लागि वडा नम्बर १४ का वडाध्यक्ष समेत रहेका सुदीपका काका दधिराम न्यौपानेसहितका परिवारका अन्य सदस्य सुनौली पुगेका थिए । 

advertisement_1760855394.gif