शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

भारतको उत्‍तर प्रदेशमा हुने स्‍थानीय निर्वाचनलाई लक्षित गरि: भारत सीमा नाका मंगलबारदेखि बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० बैशाख, २०८०

भारतको उत्‍तर प्रदेशमा हुने स्‍थानीय निर्वाचनलाई लक्षित गरि: भारत सीमा नाका मंगलबारदेखि बन्द

रूपन्‍देही । नेपाल–भारत सीमा नाका मंगलबारदेखि बन्द भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका मंगलबार बेलुकादेखि बन्द भएका छन् ।

भारतको उत्तर प्रदेश  २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा  बन्द गर्न लागिएको हो ।

प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) लाई ध्‍यानमा राखि रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

चुनावमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

सीमा नाका बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो देशबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg