राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ बैशाख ०२, पाल्पा । डेढ कराेड खर्च गरेर पाल्पा अस्पतालमा बनाइएकाे अक्सिजन प्लान्ट डेढ वर्षपछि संचालनमा आएकाे छ । सामान्य मर्मत गरेर संचालन गर्न सकिने प्लान्ट मर्मतमा देखिएकाे वेवास्ताले एक वर्ष बढी समयदेखि अलपत्रजस्तै थियाे ।
काेराेना महामारीकाे समयमा १ कराेड २७ लाखमा अक्सिजन प्लान्टका सामग्री खरिद गरिएकाे थियाे । त्यसलाई संचालन गर्न टहरालगायतमा थप खर्च गरिएकाे थियाे ।
अक्सिजन प्लान्ट बनाउने प्राविधिक खटाएपछि बन्द अक्सिजन प्लान्ट संचालन गरिएकाे पाल्पा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राजेन्द्र पाैडेलले बताउनुभयाे ।
अक्सिजन प्लान्ट संचालन भएपछि जिल्लाका विभिन्न अस्पताललाई आवश्यक अक्सिजन आपूर्ति गर्न सहज हुने उहाँकाे दावी छ ।