आईतवार, १० कार्तिक, २०८२

बर्दियाको बारबर्दियामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ४ चैत्र, २०८०

बर्दियाको बारबर्दियामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज(बाँके) पवन जायसवाल ।बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वार्ड नं.–३ रामपुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५० बढी बिरामीहरुले आफनो स्वास्थ्य परीक्षण गराएका छन् । 

बारबर्दिया नगरपालिका नगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगर बर्दियाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथि बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारु, विशिष्टअतिथि संविधान सभा सदस्य, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा प्रकाश पार्नु भएको थियो ।

सो कार्यक्रममा वार्ड नं.–३ वडाध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा समपन्न कार्यक्रममा सामाजिक विकास संयोजक श्यामकुमारी चौधरी, विशिष्ट अतिथि नेपालगन्ज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्र लगायत को सहभागिता रहेको थियो ।

उक्त औषधालयका प्रमुख डा. सुरेश पुनद्वारा सञ्चालित कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले नगरका सम्पूर्ण स्थानीयहरुलाई आयुर्वेदको सेवाबाट विभिन्न रुपमा जटिल तथा नसर्ने रोगको व्यवस्थापनमा महत्वपूर्ण भुमिका हुने तथा आगामी दिनमा अझै प्रभावकारी रुपमा सबै वडाहरुमा आयुर्वेदको सेवा पु¥याउने लक्ष्य रहेको बताउनु भएको थियो । संविधान सभा सदस्य मैकूलाल वाल्मिकीले नेपालगन्ज आयुर्वेद जनरल अस्पतालले बाँके र बर्दियाका विभिन्न स्थानीय तहसँग समन्वय गरेर आयुर्वेदको विशिष्टकृत सेवा दिन तयार रहेको तथा आयुर्वेद स्वास्थ्य सेवाबाट जनसमुदायमा कसरी स्वस्थ जीवन शैली अपनाउन अस्पतालले के–के सहयोग गर्न सक्छ भन्ने बारेमा आवश्यक सहयोग गर्ने बताउनु भएको थियो । 

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको प्रशासन प्रमुख पदमा थापा, संजय मल्ल, रजकअली अन्सारी, मगरागाडी आयुर्वेद औषधालयका वरिष्ट वैद्य कमलेश पासवानको पनि सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय ५० भन्दा बढी बिरामीको परिक्षण गरिएको प्रशासन प्रमुख पदमा थापाले बताउनु भयो । उक्त शिविरमो आयुर्वेद चिकित्सकहरु डा. शिवराज सुवेदी, डा. मनोज कुमार यादव लगायतको टिमले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 

शिविरमा पाईल्स, फिस्टुला, भगन्दर, वातव्याधी, महिला सम्बन्धी सम्पुर्ण रोगहरु, जेष्ठनागरिक सेवा, स्तनपाई कार्यक्रम तथा जनरल आयुर्वेद सम्बन्धी सम्पूर्ण रोगहरुको सेवा दिइएको डा. शिवराज सुवेदीले बताउनु भएको थियो । 

advertisement_1676551694.gif