बिहीबार, २८ फाल्गुन, २०८२

बस्यालको लालीगुँरास संरक्षण अभियान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २७ फाल्गुन, २०८२

बस्यालको लालीगुँरास संरक्षण अभियान

२०८२ फागुन २७, पाल्पा । राष्ट्रिय फूल लालीगुँरास संरक्षण गर्नका लागि पाल्पा बगनासकालीका युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ लामो समयदेखि सक्रिय रहेका छन् । पाल्पाकाे तानसेनस्थित श्रीनगर वन क्षेत्रमा बुधवार जनचेतनामूलक व्यानर राखेर बस्यालले संरक्षणमा जुट्न सबैलाई आह्वान गरेका हुन् ।

बस्यालले “फूल नटिप्यौँ, हाँगा नभाँचौँ। कसैले टिपेको देख्नुभयो भने सम्झाइदिनुहोस्।  प्रकृतिले सम्मान पाउँछ भने हामी पनि सम्मान पाउँछौँ। फूललाई फूल्न दिऊँ, भनेर बटुवा तथा स्थानीयलाई आग्रह गरेका छन् ।

विगत चार वर्षदेखि ‘एक घर, एक लालीगुँरास’ अभियानकर्मी बस्यालले लालीगुँरास र जैविक विविधता संरक्षणमा निरन्तर काम गर्दै आएको बताएका छन् । बस्यालसँगै सहकर्मीहरूले विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्दै आएको छन् । जसले समुदायमा प्रकृतिप्रतिको सचेतना र जिम्मेवारी बढाएको छ।

लालीगुँरास केवल फूल मात्र होइन, पहाडको सौन्दर्य र नेपाली पहिचानको प्रतीक रहेकाले आफू संरक्षण अभियानमा लागेको उनले बताए । उनको  अभियानमा एके क्वालिटी वेयर्स एण्ड स्पाेर्टस् जाेन पाल्पाले सहयाेग गर्दै आएकाे छ ।

advertisement_1680627706.gif