राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २७ चैत्र, २०७९
पाल्पा। परियार समाज गुठी पाल्पाले स्वर्ण महोत्सव मनाउने भएको छ । समाजले आफ्नो स्थापनाको ५० औं बर्षका अवसरमा पारि चैत २८ र २९ गते तानसेनमा स्वर्ण महोत्सव मनाउने भएको छ । गुठिले तानसेनमा सोमबार पत्रकार सम्मेलन गरि स्वर्ण महोत्सव मनाउने जनाएको हो ।
स्वर्ण महोत्सवका अवसरमा कथित दमाई समुदायका देशभरका ३ जना संघिय सांसद, ४ जना प्रदेश सांसद, उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउने कार्यक्रम रहेको कार्यक्रमको अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, सामाजिक अभियन्ताहरुलाई समेत सम्मान गरिने, परियार समुदायको उन्नतिका लागि अन्तरक्रिया, घोषणापत्र जारी गरिने गुठीका महासचिव सुजन कार्कीले जानकारी दिए ।
महोत्सवको पहिलो दिन पाल्पाको ऐतिहासिक श्रीनगरडाडामा विहान गुठी पुजा र दोस्रो दिन साँस्कृतिक झाँकी सहित विहान प्रभात फेरी परियार समुदायको हक अधिकारका विषयमा महोत्सवमा छलफल हुने मूल आयोजक समितिका अध्यक्ष तीर्थप्रसाद गौतमले जानकारी दिए ।
२०२९ सालमा स्थापना भएको गुठी २०३४ साल सम्म मृत्यू संस्कार समितिको रुपमा नामबाट सञ्चालित भएको परिवार हाल ५७ घरधुरीले प्रतिपरिवार १० रुपैंया उठाएर सुरु गरिएको अहिले ८२ घरपरिवार सदस्य रहेका समितिका अध्यक्ष तिर्थ गौतमले जानकारी दिनुभयो । गुठीमा अहिले ८२ घरपरिवार सदस्य रहेको गुठी परिवारले हाल हरेक घरधुरीले अहिले न्यूनतम १ सय ५ रुपैंया घाटखर्च दिने प्रचलन रहेको छ । गुठीका कोही परिवार समाजमा कुनै सदस्यको मृत्यू भएमा गुठीले अहिले ३० हजार रुपैंया दिने गरेको अध्यक्ष गौतमले बताउनु भयो। उहॉं अनुसार गुठी समाज ५० वर्ष पूरा गरेको अवसरमा ५० औं बर्षलाई उत्सवको रुपमा स्वर्ण महोत्सव मनाउन लागेको बताउनु भयो।