शुक्रबार, १० माघ, २०८२

डडेल्धुराबाट काठमाडौँतर्फ जादैगरेको बस दाङमा दुर्घटना, २२ यात्री घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२

डडेल्धुराबाट काठमाडौँतर्फ जादैगरेको बस दाङमा दुर्घटना, २२ यात्री घाइते

२०८२ मंसिर २५, दाङ । दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको अवस्थामा सामान्य छ । प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

३८ यात्रु सवार बसमा २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पठाएको बताइएको छ ।

advertisement_1676553851.gif