राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ चैत्र, २०७९
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पाल्पा जाने भएका छन् । एमाले अध्यक्ष ओली पार्टीले सञ्चालन गरेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तारित अभियान (मिसन ग्रासरूट) अभियानको पाल्पा जिल्लास्तरीय अगुवा कार्यकर्ताभेलालाई सम्बोधन गर्न चैत्र १४ गते तानसेन ९,स्थित दमकडामा जाने बताइएको छ ।
सो कार्यक्रमको व्यवस्थापनको तयारी तीव्र रुपमा भएको एमाले पाल्पाले जनाएको छ । अगुवा कार्यकर्ता र अन्य शुभेच्छुकहरु सहभागी गराउने योजना अनुसार काम आगडि बढेको बताइएको छ । सभालाई व्यवस्थित गराउनका लागि आवश्यक कार्यसम्पादन गर्न जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेको नेतृत्वमा जिल्ला कमिटी सचिव भोजराज पोखरेल(रामजी), कार्यालय सचिव दीपक विश्वकर्मा र तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय रहेको तयारी समितिले काम गरेको बताइएको छ।
अध्यक्ष ओली १४ गते विहान गुल्मीको तम्घासबाट पाल्पाको तानसेन पुग्ने र करिव साढे १२ बजे अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।