शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

एमालेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय २ जना लाभान्वित।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ माघ, २०८०

एमालेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय २ जना लाभान्वित।

नेपालगन्ज । राजनीति र समाज सेवालाई संगसंगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा नेकपा एमालेले पाठेघर क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजन ागर्ने भएको छ । सोही क्रममा नेकपा एमाले बाँकेद्वारा आयोजित पाठेघर क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट २ सय २ जना लाभान्वित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका कमिटीको व्यवस्थापनमा वडा नं. २० राँझा स्थित आदर्श माध्यमिक विद्यालयमा उक्त शिविर आयोजना गरिएको हो । 
राजनीति र समाज सेवालाई संगसंगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा आगामी चैत महिना भित्र पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनु भयो । 
खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा क्यान्सर सम्बन्धि विशेषज्ञ चिकित्सकबाट जाँच गर्नुका साथै निःशुल्क आषैधी वितरण गरिएको थियो । शिविरमा अस्पतालका निर्देशक डा. निरज भट्टराई, क्यान्सर रोग विशषेज्ञ डा. साजन थापाको टिमले विरामीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
नेकपा एमाले बाँकेका अनुसार परिक्षण गरिएका मध्ये ६ जना महिलाहरुमा क्यान्सरको संक्रमण देखिएको छ भने ८ जना विरामीले फलोअप जाँच गराएका थिए । 
उक्त शिविरको उद्घाटन गर्दै नेकपा एमाले बाँकेका इञ्चार्ज खेममान खड्काले एमालेले मिसन ग्रासरुट सम्पन्न गरेसंगै समाजमा पहिचान भएका विषयवस्तुलाई अगाडी बढाउने क्रममा पाठेघर क्यान्सर सम्बन्धि शिविरको आयोजना गरिएको बताउनु भयो । 
सो अवसरमा एमालेका केन्द्रीय सदस्य तथा सांसद्द्वय सूर्यप्रसाद ढकाल र दीपा शर्मा, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्यहरु अशोक कर्माचार्य, मीना ढकाल, हलिम शाह, एमाले नेताहरु निरक गुरुङ, नगर अध्यक्ष दत्त प्रसाद आचार्य, स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष राजन शाही लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । राझामा शिविर आयोजना गरपछि स्थानीयका साथै हिमाली जिल्ला घर भई त्यहाँ बस्दै आएका महिलाहरुले पनि सेवा लिएका छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg