विजय कुमार बौडेल, बुधबार, १० बैशाख, २०८२
१० बैशाख २०८२, पाल्पा । नेकपा एमाले तानसेनले वडा नं. ११ तिलहारको दलित बस्तीका श्रमजीविसँगै स्थापना दिवस मनाएको छ ।
एमाले नगर अध्यक्ष गुराँस आत्रेयले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा योगदान गरीरहेका दलित वस्तिमा विद्यार्थी र अभिभावकका कुरा सुनेर स्थापना दिवस मनाएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् ७५ वर्ष पूरा भएर ७६ वर्षमा प्रवेश गरेको ऐतिहासिक दिनमा ग्रामीण बस्तीका कुरा सुन्न एमाले तानसेन ग्रामिण क्षेत्रमा पुगेको हो ।
रचनात्मक कार्यक्रमहरु गरेर पार्टी चलायमान गरिरहेको तानसेन नगर कमिटीले पार्टीका कार्यक्रमहरु पिछडिएको टोल लगायत पर्यटकीय क्षेत्रहरुमा गरिरहेको छ । विकासको प्रमुख आधार शिक्षा भएको भन्दै एमाले तानसेन र तानसेन युवा संघबाट कार्यक्रममा उपस्थित ५६ जना विद्यार्थीहरुलाई स्टेसनरी सामान वितरण गरेको छ ।
भाषण, आषन र उद्घाटन नगरिकन कार्यक्रम सञ्चालन गरिएको थियो ।