शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

फेडो नेपाल बाँकेको १६ औं वार्षिक साधारण सभा सम्पन्न ।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ आश्विन, २०८०

फेडो नेपाल बाँकेको १६ औं वार्षिक साधारण सभा सम्पन्न ।

नेपालगन्ज ।(बाँके) पवन जायसवाल ।
बाँकेको नेपालगन्जमा दलित महिला संघ फेडो नेपाल बाँकेको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
दलित महिला संघ फेडो नेपाल बाँकेका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा, जिल्ला समन्वय समिति बाँके उपाध्यक्ष सीता कार्कीको प्रमख आतिथ्यमा सम्पन्न वार्षिक साधारण सभामा दलित महिला संघ फेडो नेपाल बाँकेका सचिव एकता नेपालीले प्रगति प्रतिवेदन र संघका कोषाध्यक्ष  ज्ञानु स्वर्णकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


दलित महिला संघ फेडो नेपाल बाँकेका लेखापाल प्रतिभा गुर्तालका अनुसार सो कार्यक्रममा संघका सदस्य टीका कुमारी बिकले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । बिशिष्ट अतिथिमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश नेपालगन्जका प्रमुख द्वारिका अधिकारी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, डुडुवा गाउँपालिका कार्यपालिका सदस्य लीला सुनार, बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य कृष्ण बिक, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सदस्य रमेश सिटौला, महिला तथा बालबालिका शाखा अधिकृत आशा कार्की, कार्यपमलिका सदस्य रेवती परियार, जिल्ला समन्वय समिति बाँके संघका सल्लाहकार रुपा गहतराजको आतिथ्यिमा वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
कार्यक्रमम प्रमुख अतिथि, बिििशष्ट अतथि, अतिथि लगायतले आ–आफनो बिचार व्यक्त गरेका थिए ।  


दलित महिला संघ फेडो नेपाल बाँकेद्वारा बिभिन्न पालिकामा रहेका समूहका सदस्य,संद्धका कार्यक्रम संयोजक दिलिसा गौतम, लेखापाल प्रतिभा गुर्ताल, सामाजिकहरुमा सोनूसिंह बिक, सर्वेश कुमार सोनखर, तारा सुनार, जनप्रतिनिधि, अगुवा, महिला अभियन्ता, संघका पदाधिकारी, कर्मचारीहरुको लगायत ६० भन्दा बढीको उपस्थित रहेको थियो ।

फेडो नेपाल बाँकेको १६ औं वार्षिक साधारण सभा सम्पन्न ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg