शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

फरार अभियुक्त लाई धमाधम पक्राउ गर्दै नवलपरासी प्रहरी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ श्रावण, २०८०

फरार अभियुक्त लाई धमाधम  पक्राउ गर्दै नवलपरासी प्रहरी

नन्दु यादव , नवलपरासी । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई नवलपरासी प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।

नवलपरासी मा प्रहरी प्रमुख काजि कुमार अाचार्य सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ र तस्करी राेक्न थालेका हुन । यसै गरि आज पनि ९जना फरार अभियुक्त पाल्हिनन्दन २बाट पक्राउ गरिएकाे सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनु भयाे । ईलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएकाे प्रहरीटाेलिले निजहरुकै स्थायी ठेगाना पाल्हिनन्दन गाउपालिका वडान २बाट पक्राउ गरिएकाे बताईएकाे छ। प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरिरहेकाे छ। अहिले सम्म धेरे जनालाई पक्राउ गरिसकिएकाे र अझै पनि केही अभियुक्त फरार रहेकाे लागि कडाईका साथ खाेजतलास भईरहेकाे सुचना अधिकारी पाण्डेले बताउनु भयाे। जेठमा सरुवा भई आउनु भएका अाचार्य विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ ।

गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउने पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख आचार्यले बताउनु भयाे । एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण अाचार्य रहेका छन । कार्यालयमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् ।

गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।अहिले नवलपरासी मा तस्करी नियन्त्रण भएकाे छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg