आईतवार, १० कार्तिक, २०८२

गुल्जार–ए– अदबको नियमित गजल गोष्ठी शनिवार सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ माघ, २०८०

गुल्जार–ए– अदबको नियमित  गजल गोष्ठी  शनिवार सम्पन्न

नेपालगन्ज (बाँके) पवन जायसवाल  
गुल्जार–ए– अदबको नियमित मासिक गजल गोष्ठी उर्दू माघ २७ गते शनिवार सम्पन्न भएको छ ।
गुल्जार–ए–अदबद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी गर्दै आईरहेको छ सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “अन्जाम–ए–जपÞmा क्या है यह वकत बताएगा” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । 
    वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, हाजी अब्दुल लतीफ शौक लगायतले गजल वाचन गरेका थिए । सो कार्यक्रममा बव्बु फारुकीको पनि सहभागिता रहेको थियो ।

advertisement_1676998982.gif