राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ भाद्र, २०८०
नेपालगन्ज । हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभिन्न क्षेत्रमाकार्यरत रही सामाजिक सेवाको माध्यमबाट विशिष्ठ योगदान दिने तीनजना गुल्मेली वरिष्ठ समाजसेवीहरुलाई सम्मान गर्नुका साथै तिजको नाचगान गरिएको हो ।
गुल्मेली समाज सेवा समितिबाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षता तथा संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गा, योग समितिका प्रमुख आयुर्वेदाचार्य योग गुरु गिरिराज शर्मा भट्टराई र वरिष्ठ पत्रकार तथा समितिका संस्थापक संयोजक पूर्णलाल चुकेलाई प्रमुख अतिथि लक्ष्मण प्रसाद गौतम, अध्यक्ष हरिलाल न्यौपाने र सल्लाहकार नेकपा एमाले बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिकाकापूर्व अध्यक्ष किस्मतक ुमार कक्षपतिले दोसल्ला ओढाएर सम्मान–पत्रप्रदानगर्नु भएको थियो ।
सम्मानित व्यक्तित्व मध्ये सम्वोधन गर्दै व्रह्माकुमारी विश्वविद्यालय नेपालकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्ज सेवा केन्द्रकी प्रमुख व्रह्माकुमारी दुर्गाले आफु व्रह्माकुमारी विश्व विद्यालयमा वि.सं. २०३४ साल चैत्र ४ गते प्रवेश गरेको बताउँदै निःस्वार्थ भावनाले विश्वविद्यालयमा आफ्नो जीवन समर्पित गरेको बताउनु भयो । उहाँले ब्रह्माकुमारी विश्वविद्यालय विभिन्न १ सय ४४ राष्ट्रमा १० हजार भन्दा बढी केन्द्रहरु रहेका छन् । ८८ वर्ष देखि नारीहरुको नेतृत्वमा सञ्चालन गरिएको संस्था हो भन्दै हाम्रो पहिरन सेतो पोशाकले हाम्रो सुरक्षा गर्छ, यो कपडा ब्रह्माकुमारी विश्वविद्यालयको डे«स हो । यो डे«सबाट हामी सुरक्षित रहेका छौं । सेतो डे«सशान्तिको प्रतिक हो र सेतो डे«सले ज्ञानको शिक्षा दिन्छ भन्दै उहाँले सहभागी महिलाहरुलाई उत्प्रेरणात्मक मन्तव्य व्यत्त गर्नु भएको थियो ।
समाजका उपाध्यक्ष भीमलाल कँडेलको संयोजकत्वमा गठित निर्णायक समितिले गुल्मेली समाज सेवा समिति बाँकेका सदस्यहरुका छोरा छोरी एसईईमा सर्वोत्कृष्ट अंकल्याएर उत्तीर्ण हुनेलाई १ जना छात्र र १ जना छात्रालाई हरेक वर्ष सम्मानका साथ पुरस्कृत गरिएको थियो । यो पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिन्छ । सोहीअनुसार कक्षा १२ मा उत्तीर्ण ५ जनाको फाराम भरिएको मध्ये सर्वोत्कृष्ट अंक ल्याएकी खिम प्रसाद घिमिरेकी छोरी नेहा घिमीरेलाई र राम प्रसादपन्थको छोरा प्रमेश पन्थलाई खादा ओढाएर नगद राशी ५–५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा समाजका सचिव हिमनाथ पौडेल द्वारा सञ्चालित तथा उपाध्यक्षभीमलाल कँडेलले स्वागत गरेको सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका पदाधिकारीहरु, गुल्मी जिल्लामा जन्मभई कर्मथलोको रुपमा बाँके जिल्लाको विभिन्न ठाउँमा रहेका गुल्मेलीहरुको सहभागिता रहेको थियो ।
त्यसै गरि सो कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, विश्य नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पनापौडेल जिज्ञासु,अधिवक्ता ईश्वरी प्रसाद ज्ञवाली, पत्रकारहरु भेषराज बस्नेत, मध ुपौडेल, पवन जायसवाल, ब्रह्माकुमारी खिमकुमारी न्यौपाने, वरिष्ठ व्यवसायी बिष्णु प्रसाद गौतम लगायत करीब ३ सय जनाको सहभागिता रहेको थियो ।नेपालगन्जको सुर्खेतरोड स्थित होटेल सिद्धार्थ कटेजमा सञ्चालित कार्यक्रममा गुल्मेली महिलाहरुले मौलिक तीजगीत तथा नृत्य एकल र सामुहिक रुपमा प्रस्तुत गरेका थिए ।