सोमबार, १६ चैत्र, २०८२

गुल्मीमा चट्याङ लागेर ३ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२

गुल्मीमा चट्याङ लागेर ३ जना घाइते

२०८२ चैैैत्र ६, गुल्मी । गुल्मीमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार मालिका गाउँपालिका-२ दर्लिगका चट्याङ लागेर ३ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार, ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको छ । घाइतेमध्ये एक जना बेहोस रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पौंदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घाइतेको प्राथमिक उपचार लुम्बिनी वामी हस्पिटल वामीटक्सारमा गरिएको थियो ।

साथै चट्याङले नै त्यही ठाउँमा ३ वटा बाख्रा मरेका छन् ।

advertisement_1676551694.gif