आईतवार, १० कार्तिक, २०८२

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाईते

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ बैशाख, २०८२

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाईते

२ बैशाख २०८२, गुल्मी । गुल्मीमा जीप दुर्घटनाहुँदा तीन जना घाईते भएका छन ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पुर्तीघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जीप गएराती कालीगण्डकी –४ सैरेनी स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाईते भएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप अचानक ब्रेक फेलभई भित्तामा ठोक्किदा जीप चालक सहित पाँच जना मध्य तीन जना घाईते भएकाको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताएका छन् ।

advertisement_1760855394.gif