बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

गोपाल–नीना फाउण्डेशनद्वारा आश्रितहरुका लागि न्यानो लुगा र खाना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ पुष, २०८१

गोपाल–नीना फाउण्डेशनद्वारा आश्रितहरुका लागि न्यानो लुगा र खाना

नेपालगन्ज । गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१० स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई न्यानो सिरक वितरण तथा दिवा खाना प्रदान गरेको छ । राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधवार आयोजित उक्त कार्यक्रममा ५२ जना आश्रितहरु लाभान्वित भएका हुन् । 

गोपाल–नीना फाउण्डेशनका अभिभावक प्रसिद्ध स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, सहनिर्देशक डा. तृप्ती पाल रमण, फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी लगायतले आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन आश्रितहरुलाई उक्त सिरक वितरण गर्दै खाना पनि खुवाउनु भएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले हामी सबैले आफ्नो जन्मदिन, वैवाहिक उत्सव वा अन्य कुनै उत्सवमा होटेलमा गरिने खर्च मानवता प्रवद्र्धन महाअभियानमा जुटेको मानव सेवा आश्रममा सहयोग गर्न सके केही मात्रामा भए पनि आश्रमलाई सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो । 

मानव सेवा आश्रम नेपालगन्ज शाखाका प्रमुख उर्विन सापकोटाले कुनै विदेशी दातृसंस्थाको सहयोग बिना मानवीय भावनाबाट पे्ररित महानुभाव र संघसंस्थाहरुको सहयोगकै भरमा नेपालका १९ जिल्लाका २३ आश्रम सञ्चालन भइरहेको जानकारी दिनु भयो । उहाँले आश्रितहरुका लागि औषधि उपचार र नियमित स्वास्थ्य परीक्षणको खाँचो भएको औंल्याउनु भयो । हाल आश्रममा ५२ जना आश्रित रहेको जानकारी दिनु भयो।फाउण्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले निकट भविष्यमै आश्रममा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा पनि प्रदान गर्ने जानकारी दिनु भयो । फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार सो कार्यक्रममा गोपाल–नीना फाउण्डेशनद्वारा आश्रितहरुका लागि विहानको खाना बाहेक अत्यधिक जाडो भएकोले करीब ४० हजार रुपैयाँ बराबरको न्यानो सिरक वितरण गरिएको छ । 

यसैवीच गत वडा दशैंको घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरिएको मेची महाकाली सडक आश्रित मानव उद्धार अभियानको बारेमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।माव सेवा आश्रमकी स्वयम्सेवी विष्णु घर्तीले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, आई.टि. अफिसर विपुल वर्मा, अनुप सुवेदी, लोकनाथ शर्मा,प्रतिभा पौडेल, अनुप आर्या, पुष्पा भुषाल, शतक रक्तदाता पवन जायसवाल लगायतको सहभागिता रहेको थियो । 

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले दुई पटक वृहद् रक्तदान कार्यक्रम, विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ । 

गोपाल–नीना फाउण्डेशनद्वारा आश्रितहरुका लागि न्यानो लुगा र खाना

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg