आईतवार, १० कार्तिक, २०८२

गोपालनीना फाउण्डेसनमा ९महिला सहित५६ जनाले दिए रगत

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ जेष्ठ, २०८२

गोपालनीना फाउण्डेसनमा ९महिला सहित५६ जनाले दिए रगत

नेपालगन्ज । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।२१ औं विश्व रक्तदाता दिवसको अवसर पारेर  “रगतदिऔं आशजगाऔं सबै मिलेर जीवन जोगाऔं भन्ने संयुक्त राष्ट्र संघको यस वर्षको नाराका साथ जनमत रक्तदान अभियानको ६५औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९जना महिला सहित ५६ जनाले रक्तदान गरेका हुन् । बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका अभिभावक सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपालप्रसाद श्रेष्ठ र सुप्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीनाश्रेष्ठले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सोम प्रसाद सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
“रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६५औं श्रृङ्खला” मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका उपसम्पादक शंकर प्रसाद खनाल, निरज मान श्रेष्ठ, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतम प्रसाद पौडेल, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका

सल्लाहकार लवराज खरेल, नेपाल स्वयंसेवी रक्तदाता समाजराप्ती सोनारीकी अध्यक्ष दिव्या गुरुङ, उपाध्यक्ष अमृता केसी, महेश श्रेष्ठ, स्वास्थ्यकर्मी टिकाराम खनाल, डा.चन्दन सिंह,होमराजगिरीले रक्तदानगर्नु भएको थियो ।

सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह,जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, पत्रकार संघ रुपई डिया भारतका अध्यक्ष पत्रकार शेर सिंह कशौधनले प्रमाण पत्रर टिशर्त हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक, डिजिटल हेल्थ पार्टनर हेल्थ यादआयो (मोवाइल हेल्थएप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेले समन्वय र सहकार्य गर्दै आएको छ ।

यसैगरि अन्य रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाँके उपाध्यक्ष मन बहादुर केसी,झपेन्द्र बहादुर शाह, शान्ति बिक, राजन कुँवर, लोकनाथ शर्मा, अर्जुन चौधरी,कुशल खडका, डि.आर. पाण्डे, रमेश स्वाँर, कमलेश कुमार कर्ण, विनयकुमार साह, निराजन बढयात, रञ्जित कुशमी थारु, जितेन्द्र कार्की, दिनेश प्रसाद तमोली, घनश्याम प्याकुरेल, रबिन श्रेष्ठ, सुशील भण्डारी, विष्णु केसी, धमेन्द्र कुमार वर्मा, हरिलाल जोशी, प्रताप ओली, प्रबीण कुमार पोरवाल, हर्क सिंह साउँद, रमेश थापा, हरि बहादुर बर्नवाल, दुर्जुन थारु, नगेन्द्र विक्रमशाह, लक्ष्मी चौधरी, प्रिया खड्का, आरम्भ वैश्य, सुन्दर विष्ट,कमलगिरी, सुवोध जोशी, नेपाल स्वयंसेवी रक्तदाता समाजबाँके सदस्य तथा प्राविधिक होमराज गिरी, लक्ष्मीगुरुङ्ग, शालिकराम खनाल, गोपाल–नीना फाउण्डेशनका रिसर्च अफिसर अनूपआर्या, डा.सबिन अधिकारी, हिमा बिक, सुनिल रसाइली, मुना केसी, बसन्त भण्डारी, डा.प्रभात बस्नेत लगायतले रक्तदानगर्नु भएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, हिरा विक, पवित्रा जैसी, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो।

कार्यक्रमलाई सफलपार्न गोपाल–नीना फाउण्डेशनका रिसर्च अफिसर द्वय प्रतिभा पौडेल, र अनूप आर्या, स्वयम् सेवकहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापा मगर तथा निखिल जाय सवाल, श्वेता विष्ट लगायतले सक्रिय सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सचिव भीष्मलोध, कोषाध्यक्ष मनमोहन वर्मा, सल्लाहकार शतक रक्तदाता पवन जायसवाल, भारतीय पत्रकार रमेश सिंह लगायतको सहभागिता रहेको थियो ।

गोपालनीना फाउण्डेसनमा ९महिला सहित५६ जनाले दिए रगत

advertisement_1680627706.gif