राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १ माघ, २०८०
नेपालगन्ज बाँके । पवन जायसवाल ।नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाँकेको आयोजनामा, टेवा नेपालको सहयोगमा संचालित “हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम” अन्तरगत समुदायका किशोर, किशोरीहरुलाई समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा, बालबिवाह, बहुबिवाह तथा दाईजोका बिरुद्धमा अभिमुखिकरण सहित ३ दिने तालिम सम्पन्न भएको छ ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाँके की अध्यक्ष रुबि खाँनको अध्यक्षतामा ३ दिने सम्पन्न तालिममा बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.–६, हिरमिनिया, जानकी गाउँपालिका वार्ड नं.–२, भैययापुर, रतैयापुर वार्ड नं.–३, कालिकापुर र नेपालगंज उप–महा नगरपालिका वार्ड नं.–१६, जयसपुर, वार्ड नं.–१७ परसपुरका गरी ३५ जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो ।
सो पौष २७, २८ र २९ गते ३ दिन सम्म संचालन भएको थियो प्रशिक्षकमा रुपा गहतराज, मोहम्मद शेर बागवानले तालिम दिएका थिए भने कार्यक्रमको संचालन तथा स्वागत मन्तव्य महिला अधिकार मञ्चकी सकिना तेलीले गरेकी थिईन ।
कार्यक्रममा किशोर किशोरीहरुको सवाल तथा समस्याहरु, प्रथाजन्य हिंसा बालबिवाह, दाईजो, बिभेद तथा महिलाहरु माथि हुने हिंसा र महिला घरेलु हिंसाका बारेमा अभिमुखिकरण सम्बन्धित निकायको तथा जनप्रतिनिधिहरुको बारेमा जानकारी बालबालिका तथा किशोर किशोरीहरु माथि हुने हिंसाबारे उजुरी गर्ने निकायका बारेमा तालिम दिईयो ।
समुदायमा हुने मानव अधिकार हन्नका बिषय र बाल अधिकार, बाल अधिकार संग सम्बन्धित सवाल तथा समाधानका उपायका बारेमा तालिम दिइएको छ । समुदायस्तरका समस्यालाई जिल्ला स्तरमा पु¥याउनका लागी हुने पहल तथा वकालतका बारेमा समेत तालिम दिइएको थियो । तालिम तथा कार्यक्रमलाई सहयोग गर्ने टेवा नेपाललाई सहभागीका तर्फबाट धन्यवाद ब्यक्त गरिएको थियो । उक्त ३ दिने तालिममा १३ सदस्सीय जिल्ला स्तरिय किशार किशोरीहरु संजाल गठन गरिएको थियो । सो सञ्जालको अध्यक्षमा सैहनाज तेली उपाध्यक्षमा बिजय सुनार, सचिवमा रोशनी बेहना, सह–सचिवमा पुनम सुनार कोषाध्यक्षमा मैहनाज बागवान रहेका छन् । यसैगरी सदस्यहरुमा आशिका बि.क, सलमान बागवान, जन्नतुल बेहना, कबिता वर्मा, अर्जुन सुनार, अनिषा सोनखर, ईरफान अली नाउँ, रुपा चमार रहेका छन् ।