शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

हरित अभियन्ता हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तर्राष्ट्रिय एवार्डबाट सम्मानित।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ माघ, २०८०

हरित अभियन्ता हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तर्राष्ट्रिय एवार्डबाट सम्मानित।

नेपालगन्ज(बाँके ) पवन जायसवाल ।
बाँकेको नेपालगन्ज हरित अभियन्ता हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तर्राष्ट्रिय एवार्डबाट सम्मानित भएका छन् ।
  नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ का निवासी हेमन्तराज काफ्ले नेपालगञ्जमा बृक्षारोपण अभियान सञ्चालन गर्दै आई रहनुभएको छ । साथै उहाँले त्यसका लागी उत्प्रेरित गर्दै आउनुभएका हेमन्तराज काफ्लेलाई भारतको हरियाणामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । 
 लेक्स फाउन्डेसनको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन भारतको हरियाणामा नेपालगन्ज वार्ड नं.–का हेमन्त राज काफ्ले सम्मानित हुनु भएको छ ।
हेमन्तको हरित अभियान जसमा उनी रुख बिरुवाहरु विशेष गरी सितलचिनी बाँडने अभियान चलाएका छन् । उहाँले सो सम्मेलनमा मार्टिन लुथर किङ्गको सिद्धान्त ननभाईलेन्स फ्र ट्री नामक कार्यपत्र र सितल चिनीको बारेमा दुई ओटा सेसनमा प्रस्तुती गरेका थिए ।
उनको रुख प्रतिको लगाव देखेर भारत हरियाणाका हरित पुरुष देवेन्द्र र हेमन्त लाई बिजेपीका बिधान सभा साँसद मोहनलाल बडोलिले अवार्डबाट सम्मान गरेका छन्  ।
हेमन्त राज काफ्लेले  सन् २०२० मा समरस्ता अन्तर्राष्ट्रिय अवार्ड भारत, सन् २०२१ मा डब्लु डब्लु एफ कन्जरभेसन अवार्ड, सन् २०२३ मा एभरेष्ट इन्टरनेशनल क्लाइमेट एक्सन अवार्ड पनि प्राप्त गरी सक्नु भएको छ । हेमन्तराज काफ्लेले करीब डेढ दशक देखि नेपालगन्जहरित अभियानलाई  उप–महानगरपालिका वार्ड नं.–१९ लाई कर्मथलो बनाएर हरित अभियानको रुपमा निरन्तर लागी रहनु भएका छन् । “गिभ मी सीड आई विल गिभ यू ट्रीस” भन्ने मूल नाराका साथ अगाडी बढी रहनु भएका हेमन्तराज काफ्लेको अभियानलाई विभिन्न देशहरु जस्तै भारत, जर्मनी, अमेरिका, साउथ अफ्रिकाबाट पनि रुखका बीउहरु हुने गरेको बताएका छन् । उहाँका अनुसार बिदेशी मुलुकहरुबाट प्राप्त भएका बीउहरु मध्येबाट बिशेष गरी कल्पबृक्षको बीउलाई उमालेर बिरुवा बनाई उहाँले उहाँले बाँके लगायत विभिन्न जिल्लामा रहेको धार्मिक स्थलहरुमा बिरुवा लगाउने गरेका छन् । कल्पबृक्ष अभियान अन्तर्गत नेपालगन्जको हनुमान मन्दिर, पशुपति नाथ, सर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, प्यूठानको स्वर्गद्वारी लगायत धार्मिक स्थलहरुमा कल्पबृक्ष लगाएका छन् । हेमन्तराज काफ्ले शिक्षक हुनु हुन्छ र उहाँले स्वसंसेवी रक्तदाता पनि हुनु हुन्छ ।
 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg