आईतवार, १० कार्तिक, २०८२

जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा उत्कृष्ट

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ श्रावण, २०८१

जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा उत्कृष्ट

बुटवल, साउन २४ । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् ।गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो । 

त्यसैगरी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७.६२५ अंक प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् । 

पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७५, ९६.७५, ९६.५६२५ र ९६.४३७५ अंक ल्याएका छन् । 

advertisement_1676553851.gif