मंगलवार, १२ कार्तिक, २०८२

जङ्गलमा लागेकाे आगाे निभाउने क्रममा घाइतेको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ बैशाख, २०८०

जङ्गलमा लागेकाे आगाे निभाउने क्रममा घाइतेको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर घाइते हुनुभएका ५५ वर्षीय वृद्धको मृत्‍यु भएको छ। गुल्‍मीको धुर्कोट बर्दबास सामुदायिक बनमा आगेको निभाने क्रममा घाइते भएको धनबहादुर जोगी उपचारको लागि काडमाण्डौ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते कुँवरलाई पाल्पामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको थियो । त्यही आगो निभाउने क्रममा अर्का घाइते धुर्कोट हाडहाडेका १३ वर्षीय वालक दिपक मुखियाको उपचारको क्रममा शुक्रबार मिसन अस्पताल पाल्पामा ज्यान गएको थियो । 

गुल्मीमा चार सय ५९ सामुदायिक वनहरुमध्ये पचास भन्दा बढी वनमा आगलागी भएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधरीले बताउनुभयाे ।

गुल्मीमा पछिल्लो तीन महिनाको अवधिमा आगलागीमा परेर पाँच जनाकाे ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

advertisement_1744958411.jpg