राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १२ भाद्र, २०८०
सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीकाे सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका भवन हरुको अवस्था जीर्ण र कष्टकर रूपमा प्रहरी बसिरहेका छन् । २५,३० वर्ष भन्द पुरानो प्रहरी चौकीका भवन जीर्ण अवस्थामा रहेका चौकीका भवनहरूको मर्मत नहुँदा प्रहरीहरू कष्टकर रुपमा बस्न बाध्य भएका छन् ।
पाल्हिनन्दन गाउँपालिका वाड नं ६ सनई ( रगरगंज ) स्थित प्रहरी चौकीमा दुईकोठे भवन र बाहिर एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा ६ जना छन् । बर्खामा भवन चुहिएर प्रहरीलाई बस्न निकै सकस हुने गरेकाे छ । टिनले बानेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बानेको भान्साघर बेलाबेलामा हावाले उडाइदिन्छ । पाल्हिनन्दन गाउँपालिका वडा नं ६ सनई स्थित ( रगरगंज ) सीमा प्रहरी चौकीमा दुईकोठे भवनमा प्रहरी कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । बाहिर भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन् । भने आर्सेनिकयुक्त पानी पिउन प्रहरी बाध्य छन् ।
चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । भवनमा वर्षा भएँ पछि पानी चुहिन्छ, झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ । प्रहरी चौकीको भवनमा ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ । त्यस्तै पांचपेडा प्रहरी चौकीको भवन छत चर्किएको छ भने केही स्थानमा डल्ने अवस्थामा रहेको छ । पानी परेको बेला भवनभित्र पानी पस्छ । केही समय अगाडीसम्म त पानी पर्दा प्रहरीहरू चौकी परिसरमा रहेको प्रतिक्षालयमा सुत्नुपर्ने बाध्यता हुन्छ । ‘अहिले फुटेको स्थानमा प्लास्टिक लगाएका छौं भवन भित्रै सुत्न मिल्ने बनाए पनि यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएका छन् ।
सरावलको सिमावर्ती क्षेत्रमा रहेको भुजहवा प्रहरी चौकिको भवन पनि उस्तै छ । कार्यालय सञ्चालन र आवासका लागि एउटै भवन प्रयोग हुँदै आएको छ । त्यो पनि जीर्ण अवस्थामा छ । भुजहवा चौकिका लागि बनाईएको भान्साघरको अवस्था दयनिय छ । पानी पर्दा सबै चुहिने भएका कारण छतमा त्रिपाल लगाईएको छ । पानी पर्दा शौचालयमै छाता ओढेर बस्नुपर्ने बाध्यता रहेको छ । ‘भन्सा चुहिएर माथि त्रिपाल लगाईएकाे छ, शौचालयको अवस्था पनि उस्तै छ मर्मत सम्भारका लागि पालिकासंग अनुरोध गरिएकाे भुजहवा प्रहरीले बताएको छ ।
रगरगंज,भुजाहवा, पांचपेडा प्रहरी चौकीको भवन मात्र होइन, जिल्लाका अधिकांश चौकीका भवन जीर्ण बन्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा एक जिल्ला प्रहरी कार्यालय , सीमा प्रहरी चौकी ७ वटा र प्रहरी चौकी ५ वटा इलाका प्रहरी कार्यालय ७ वटा प्रहरी पोष्ट ३ वटा प्रहरी चौकी रहेका छन् ।
तीमध्ये एउटा इलाका प्रहरी कार्यालयकाे भवन पुन : निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनुभयाे ।