मंगलवार, १२ कार्तिक, २०८२

काफलको रूखबाट लडेर १८ वर्षीय युवकको मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ बैशाख, २०८०

काफलको रूखबाट लडेर १८ वर्षीय युवकको मृत्‍यु

अमृत अधिकारी, पाल्पा। पाल्पामा एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । काफल  टिप्न रुखमा चढेका रैनादेवी छहरा–३, सिद्धेश्वर छचुवा बस्ने १८ वर्षका सुर्य कुमालको मृत्यु भएको हो ।

मंगलबार दिउँlसो काफलको रुखमा चढ्नुभएका कुमाल एक्कासी रुखबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते कुमाललाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा लगिएको थियो।  उपचारको क्रममा कुमालको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

advertisement_1676551694.gif