राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२
२७ बैशाख २०८२, नवलपुर । नवलपुरकाे कावासाेतीमा आज साँझ भएकाे सवारी दुर्घटनामा दुई जना युवककाे मृत्यु भएकाे छ ।
आज बेलुका करिब ६ः१० बजे कावासोती नगरपालिका–१ लोकहा नजिकैको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक मृत्यु भएकाे हाे ।
नवलपुर प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते उनीहरूकाे उपचारकाे क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा निधन भएकाे हाे ।
मुण्डेबाट लोकहातर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११, शान्तिटोलका २३/२४ वर्षिय ईश्वर दर्लामी र सोही स्थानका २१/२२ वर्षिय सागर दर्लामीकाे मृत्यु भएकाे हाे ।
मोटरसाइकल चालकले सन्तुलन गुमाई दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।