शनिबार, ९ कार्तिक, २०८२

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

२०८२ साउन १८, नवलपुर । नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोतीको खरकट्टा जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार साँझ अन्दाजी ६:५० बजे डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । बसमा अन्दाजी  ३० जना यात्रु सवार रहेको जनाइएको छ । जसमा १५ जना घाइते भएको र घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तथा गम्भीर घाइतेलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

स्थानीय बासिन्दा, प्रहरी र ट्राफिक टोलीको सहकार्यमा तुरुन्त उद्धार गरिएको थियो । बस सडकबाट छेउतिर पल्टिएको अवस्थामा फेला परेको थियो ।

हाल घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1744958411.jpg