शुक्रबार, १० माघ, २०८२

कच्ची सडक खण्डमा रोकी राखेको बस गुड्दा २ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १८ पुष, २०८२

कच्ची सडक खण्डमा रोकी राखेको बस गुड्दा २ जनाको मृत्यु

२०८२ पुष १८, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै राम्चेमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराबारीबाट राम्चे तर्फ गइरहेको लु ९ प ८१५० नम्बरको मोटरसाईकललाइ र राम्चेबाट पोखराबारी तर्फ गइरहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक नाबालक घाईते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाईकल चालक ३६ बर्षीय बसन्त अर्याल रहेका छन् । त्यस्तै मोटरसाईकलको पछाडि सवार ६० बर्षीय मनकला अर्यालको पनि मृत्यु भएको छ । मोटरसाईकलको पछाडि सवार ६ वर्षीय अनुभव गिरी सामान्य घाइते छन्। बोडिङ स्कुल बाट बनभोजका लागि रोकेको बस २० मिटर अघि बढेपछि मोटरसाईकलमा ठक्कर खाएको थियो ।

मोटरसाईकल चालक अर्याल अर्जै, छाप, घमिर, अमरपुर, ईस्मा क्षेत्रमा पठाओको काम गर्दै आएका थिए । दुर्घटनापछि बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इश्मा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक रामअचल न्यौपानेको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार के.सी.को कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1680627680.gif