राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ साउन १४, कपिलवस्तु । जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका–५, दक्षिण रहटकोल स्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अंन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।
प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो । बिहीबार बिहान २स्०७ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटना लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चालक जिल्ला कपिलवस्तु शिवराज नगरपालिका –०५ बस्ने ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिइएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेकोले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।