आईतवार, १० कार्तिक, २०८२

लागू औषधसहित पाल्पाबाट एक युवा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ पुष, २०८१

लागू औषधसहित पाल्पाबाट एक युवा पक्राउ

१४ पुष, पाल्‍पा । पाल्पा बगनासकाली गाउँपालिका-५ राम्दी स्थित कालिगण्डकी नदी किनारबाट प्रहरीले एक युवकलाई औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने २८ वर्षीय युवक चोक बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शनिबार दिउँसो शंकास्पद अवस्थामा हिडडुल गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा  लागू औषध बरामद गरेको हो । श्रेष्ठले बोकेको झोला खानतलासी गर्दा पत्रिकाले बेरी २ वटा पोको बनाई प्लाष्टिकको टेपले बेरी बाधी राखेको अवस्थामा नुफिन लेखेको ४६ एम्पुल, डाइजेपाम लेखेको ४६ एम्पुल, फेनेरागन लेखेको ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

लागू औषधसहित पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

advertisement_1680627706.gif