शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

लोकप्रिय सन्देशको २० औं रक्तदानमा १९ जनाले रक्तदान गरे ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० पुष, २०८०

लोकप्रिय सन्देशको २० औं रक्तदानमा १९ जनाले रक्तदान गरे ।

नेपालगन्ज (बाँके) पवन जायसवाल ।
    लोकप्रिय सन्देश दैनिकको आयोजनामा २० औं पटक रक्तदान कार्यक्रममा १९ जनाले पौष १९ गते रक्तदान गरेका छन् । 
रक्तदान कार्यक्रमका प्रमुख अतिथि, नेपालगञ्ज उप–महानगरपालिका वडा नं.–१८ का वडाध्यक्ष दिपक वर्मा र नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । 


सो अवसरमा प्रमुख अतिथि दिपक वर्मा र कार्कीले रक्तदान जस्तो महान कार्यमा लामो समयदेखि निरन्तरता दिन सक्नु आफैमा महत्वपूर्ण भएको बताउनुभयो । लोकप्रियले १० बर्षदेखि त्रैमासिक रक्तदान गर्दै आएको छ ।


रक्तदान गर्नेहरुमा कार्यक्रम संयोजक दिनेश कुमार ठाकुर, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल काकी, बिबेक चौधरी, अनिल कुमार वर्मा, मुबारक अली, बिजय कुमार ठाकुर, जंग बहादुर चौधरी, नेपालगन्ज टेक्निकल कलेन नेपालगन्ज की बिद्यार्थी आरती केसी, एलिशा थापा, वर्षा कुमारी खडका, दिपा कार्की, सतिश पाठक, इकबाल राई, अजय थारु, अशोक कुमार बिक, निरज कुमार वर्मा, अजय कुमार साहू, दीपक वर्मा, सन्तोष गुप्ताले रक्तदान गरेका थिए ।


सो कार्यक्रममा लोकप्रिय सन्देशका सम्पादक गोबिन्द शर्माद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि दिपक वर्मा, कसौंधन समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य लगायतले स्वयंसेवी रक्तदाताहरुलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की लगायतले कदर प्रमाण–पत्र बितरण गरेका थिए । सो कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष रमेश चन्द्र कुमाललाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रम संयोजक दिनेश ठाकुरका अनुसार हालसम्म करिब पाँच सय बढिले रक्तदान कार्यक्रममा सहभागिता जनाएका छन् ।
यसरी सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, मीरा कुमारी चौधरी, राम कुमार वर्मा, सुनिता कुमाई, महेश राना क्षेत्री लगायतले प्राविधिकमा सहयोग गरेका थिए । 
 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg